Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पाँचौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न भएको छ । बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा यहि सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थ को द म्याकेडेनीएन कम्युनीटि सेन्टरमा सम्पन्न भएको हो ।

सम्मेलनमा बिभिन्न देशहरुमा रहेका अनेसासका झन्डै दुई दर्जन च्याप्टरहरुको सहभागीता रहेको सो सम्मेलनमा अनेसास केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, एनआरएन ग्लोबलका उपाध्यक्ष भबन भट्ट, अनेसास केन्द्रका सल्लाहकार मोहन सिटौला, नेपालका बरिष्ठ निबन्धकार युवराज नयाँघरे, साहित्यकार एल बि क्षेत्री, अनेसास केन्द्रका उपाध्यक्ष राधेश्याम लेकाली, नेपाली समकालीन कबितामा प्रखर कवि सन्ध्या पहाडी लगायत विश्वका बिभिन्न भु–भागमा बसोबास गर्ने नेपाली साहित्यकार तथा साहित्यप्रेमी हरुको उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै एनआरएन ग्लोबल उपाध्यक्ष भबन भट्टले आगामी दिनमा अनेसास र एनआरएनको बिश्वब्यापी संजाल संगसंगै काम गर्न आफू तयार रहेको भन्दै अनेसासको नेपाली भाषा र साहित्यलाई सम्बर्धन गर्ने अभियानमा एनआरएनको सदैब साथ र सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो ।

कार्यक्रमका प्रमुख आकर्षण बरिष्ठ साहित्यकार तुलसी दिवसले हरेक लेखकमा इमान्दारिता हुनु पर्ने बताउदैं प्रवासमा रहेका लेखक तथा साहित्यकारहरुले पनि आफ्नो लेखनमा इमान्दारिता देखाउन आग्रह गर्नुभयो ।

सोहि दिनको दोश्रो सत्रमा अनेसास सम्मेलनका संयोजक गणेश घिमिरेले डायस्पोरामा नेपाली साहित्यको प्रबर्धन” बिषयमा प्रस्तावनापत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलनको सभापतित्व गरेका अनेसास केन्द्रका अधक्ष्य पदम बिश्वकर्माले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधै क्रियाशील रहने बताउदै आयोजक पर्थ च्याप्टरलाई धन्यबाद दिदै सम्मेलन समापन भएको घोषणा गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया