Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – दक्षिण अफ्रिकाको क्वाजुलु–नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ । गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ ।

सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ परेका छन् । परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको शव भेटिएको थियो ।

मान्छेका कान
ती उपचारकले मान्छेको मासु खाँदा–खाँदै आफूलाई दिक्क लागिसकेको प्रहरीसमक्ष बयान दिएका छन् । शुरुमा प्रहरीले उनको कुरा पत्याएनन् । 

प्रमाणको रुपमा ती उपचारकले रक्ताम्मे हात र पैतला देखाएपछि प्रहरीले तत्काल उनलाई गिरफ्तार गर्‍यो ।
त्यसपछि उनले आफू भाडामा बस्दै आएको घरमा प्रहरी अधिकारीहरुलाई लगे, जहाँ प्रहरीले पकाउने भाँडामा मान्छेका आठवटा कान फेला पारे ।

उपचारकले मान्छेका कानहरु आफ्ना ग्राहकका लागि राखेको ठानिएको छ । ग्राहकहरुलाई कानमा चमत्कारी शक्ति रहेको र त्यो खाएपछि पैसा, शक्ति र सुरक्षा दिने भनिएको थियो ।

डीएनए परीक्षण
सुटकेसभित्र अरु मानव अंगहरु पनि भेटाइएको थियो । झाक्रीको झुपडीमा भएका मानव अंगहरुका बीच लाशवेयोको शव र च्यातिएका लुगाहरु भेटिएका थिए । उनको परिवारका सदस्यले लाशवेयोका लुगाहरु चिनेका थिए ।

प्रहरीले लाशवेयोकै शव भएको सुनिश्चित गर्न उनका दुई वर्षीय छोरासँग डीएनए मिलाउने प्रयास भइरहेको जनाएको छ ।
लाशवेयोको परिवारले अझै उनको अन्तिम संस्कार गरिसकेको छैन ।

आँसु पुछ्दै लाशवेयोकी नोजिफो एन्टेलेले भनिन्, ‘हामीले अनुमान मात्रै लगाउन सक्छौँ कि लाशवेयोले जिन्दगीका लागि कसरी भिख मागेकी होलिन्, उनले निकै पीडादायी मृत्यु पाइन् ।’

बचाउने प्रयास
‘शवेयोका लुगाहरु धुँलो र घाँसले छोपिएका थिए जसको अर्थ आफूलाई बचाउन उनले निकै प्रयास गरेकी होलिन् ।’
डकूर भन्ने ठाउँ नजिकै एउटा घर भाडामा लिएर ती उपचारक बस्दै आएको बताइएको छ ।

ती उपचारकलाई ‘मोन्योवु’ नामले बोलाउने गरिएको छ जसको अर्थ स्थानीय जुलु भाषामा ‘भ्रष्ट’ हुन्छ । उनले फिलानी मगुबाने नाम गरेका व्यक्तिबाट उक्त घर भाडामा लिएको बताएका छन् ।

आरोपित परम्परागत उपचारक भाडामा लिएर यहीं घरमा बस्दै आएका थिए । उपचारकको मतियार भएको आरोपमा मगुबानेका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मगुबानेले भने, ‘म निकै स्तब्ध छु कि मेरो भाइले पनि ती उपचारकका परी कथाहरुमा विश्वास गर्‍यो, उपचारकले उसलाई धनी बनाइदिने आश्वास दिएका थिए ।’ दुई महिनाअघि मात्रै ती उपचारक त्यहाँ सरेका थिए ।

जागिर खोज्दै गरेका आफ्ना भाइसहित अरु तीनजना युवालाई ती उपचारकले आफ्नो लागि काम गर्न लगाएको मगुबानेले बताएका छन् ।

स्थानीयवासी स्तब्ध
उपचारकले जादु गर्नका लागि भन्दै मध्यराततिर मानिसहरुको चिहान खन्न ती युवाहरुलाई पठाउने गरेको बताइएको छ ।

मान्छेका मासु खाने गरेका झाक्री गत हप्ता अदालतमा उपस्थित भएपछि स्थानीय राजनीतिककर्मी थेम्बेनी माजोलाले समुदायको बैठक बोलाए। मानिसहरुलाई नडराउन सल्लाह दिँदै उनले भने, ‘अधिकांश स्थानीयवासी स्तब्ध छन् र अहिले डरमा बाँचिरहेका छन् ।’

दक्षिण अफ्रिकी परम्परागत उपचारकहरुको संगठनकी अध्यक्ष फेप्साइल मासेकोले मान्छेको मासु खाने गरिएको कुराको निन्दा गरेकी छन् । ‘मोन्योवु’ नक्कली उपचारक भएको बताउँदै उनले धनी बन्ने प्रयासमा ती व्यक्तिले आफूहरुको ‘सम्मानित पेसालाई बदनाम गरेको’ बताइन् ।

मान्छेको मासु खाने गरेको आरोप लागेका पाँच जनालाई सोमवार अदालतसमक्ष उपस्थित गराइँदा बाहिर प्रदर्शन भइरहेको थियो ।
उनीहरुलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो र सेप्टेम्बर महिनाको अन्त्यतिर उनीहरुलाई पुनः अदालतमा उपस्थित गराइनेछ । -बीबीसीबाट..  

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया