Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – अन्तरराष्ट्रिय नेपाली समाज जापानले आफ्नो अधिबेशनको अवसर पारेर यही आउदो मई १३ तारिख आइतबारका दिन जापानमा दोश्रो साझा बहस गर्ने भएको छ । “जापानमा नेपालीहरुको बढ्दो आगमन, संघसंस्थाको औचित्य र दूताबासको भूमिका” बिषयक बहस हुन लागेको कुरा संस्थाका अध्यक्ष शालिकराम भण्डारीले जानकारी दिनुभयो । जापानमा प्राय: कार्यक्रम हुंदा सधै संघसंस्थाका पदाधिकारी र प्रतिनिधिले मात्र बोल्ने हुंदा उपस्थित सर्बसाधारणको अनुभब र पीडाको सुनुवाई नहुने गरेको चौतर्फी गुनासो आइरहेको बेला दूताबास प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यो कार्यक्रम महत्वपूर्ण हुने समाजका महासचिब अर्जुन अधिकारी बताउनुहुन्छ ।

अन्तरराष्ट्रिय नेपाली समाज जापानले यसभन्दा पहिले २००९ जनावरी २९ तारिख दिन टोकियोमा एउटा बृहत साझा बहस कार्यक्रमको आयोजना गरेको थियो । जसले सम्पूर्ण संघसस्थाको सहभागितामा साझा संयन्त्रको निर्माण गरेको थियो र उक्त साझा संयन्त्रले केही समय जापानमा प्रसंशनीय कार्य गरेको थियो ।

जापानमा एकातिर नेपालीहरुको बढ्दो आगमन छ भने अर्कोतिर संघसस्थाहरुको पनि धमाधम गठन भईहेको छ भने जापानस्थित नेपाली दूताबासको भूमिका र यहांका नेपालीहरु बीच के कसरी समन्वय गर्ने र के कसरी हाम्रा समस्याहरुलाई सामाधान गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रही उक्त कार्यक्रम हुन गईरहेको आयोजकहरुले जनाएका छन् । जापानस्थित सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि, सरोकारवला, बुद्धिजीबी लगायत आम नेपाली समुदायमा यसै समाचारलाई आधार मानी उपस्थित भई दिन लागि INCJ ले हार्दिक अनुरोध गरेको छ

कार्यक्रम सम्बन्धि जानकारी
मिति : २०१२ मे १३ तारिख (आइतबार)
स्थान : जेआर ओमोरी, सेईयु भवनको ५औ तल्ला
समय : ३:०० बजे (अपरान्ह )
सम्पर्क : 090-4009-8055, 080-5487-1340, 090-8810-9014

 

तपाईको प्रतिक्रिया