Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

तेह्रथुम  – तेह्रथुममा भाइरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । भाइरल ज्वरोले बिहीबार र शुक्रबार गरी लालीगुराँस नगरपालिका–३ बसन्तपुरकी कलीमाया कार्की र  फुलेककी कृष्णमाया सुवेदीको ज्यान गएको हो ।

लालीगुराँस नगरपालिका क्षेत्रका धेरैजसो गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको वडा नम्बर ४ का वडाध्यक्ष प्रेम गौतमलले बताउनुभयो । गाउँमा ज्वरोको प्रकोप फैलिएकोबारे जिल्ला स्वास्थ्य कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा खबर गरे पनि स्वास्थ्यकर्मी नआएको वडाध्यक्ष गौतमले बताउनुभयो  ।

जिल्ला अस्पताल सहित बसन्तपुर र संक्रान्तिबजारमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र साथै सिम्ले, जलजले, फुलेक, सोल्मा, शुक्रबारे, फाक्चामारा, ओख्रे र जिरिखिम्ती लगायत गाउँका स्वास्थ्य चौकीहरुमा समेत विरामीको चाप बढेको जिल्ला अस्पतालका डा.मुक्तिनारायण शाहले बताउनुभयो । तेह्रथुम जिल्ला अस्पतालमा मात्रै एक हप्तायता दैनिक १ सय ५० जनासम्म भाइरल ज्वरोका विरामीहरु उपचारका लागि आउने गरेका साहले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया