Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

केन्ट, बेलायत – साहित्यकार डा. कविताराम श्रेष्ठको अंग्रेजीमा अनुवादित अनुसन्धानमुलक उपन्यास ’लाईट अफ द हिमालय’ बेलायतमा विमोचन भएको छ ।

प्रवासी नेपाली साहित्य समाज प्रभातको आयोजनामा आइतबार भएको एक समारोहका बिच उक्त उपन्यासको विमोचन भएको हो । समाजका पूर्वसचेतक साहित्यकार मुलीबिर राईको बिशेष पहल र साहित्यकार विश्वासदीप तिगेलाको सभापतित्पमा भएको सो समारोहमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा. दुर्गाबहादुर सुबेदी ’दुबसु’ डा. रुपक श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका लेक्चरर सुमाया राई, राजेन्द्र क्षेत्री, एसबहादुर राई र एलिजावेथ इभान्स लगायतका बिशेष अतिथिहरुले उपन्यासको सामुहिकरुपमा विमोचन गरेका थिए ।

भगवान चाम्लिङको स्वागत मन्तब्य रहेको सो समारोहमा स्रष्टा डा. श्रेष्ठको छोटो परिचय पनि दिईएको थियो । समाजशास्त्री समेत रहेका स्रष्टा डा. श्रेष्ठका ३७ वटा नेपाली साहित्यिक कृतिहरु प्रकाशित छन् भने ५ वटा अंग्रेजी साहित्यिक कृति प्रकाशित छन् । डा. श्रेष्ठले आफ्नै स्वरमा एउटा अडियो सिडी, दुईवटा फिल्मी कथा र दुईवटा डकुमेन्ट्री समेत लेखेका छन् । पछिल्लो समयमा क्यान्सर पीडित डा. श्रेष्ठको जोश र जाँगर उत्तिकै रहेको छ ।

विमोचित उपन्यासको बारेमा बोल्दै डा. श्रेष्ठले धर्म, सँस्कार सँस्कृति र बिश्वास बारेको सुक्ष्म अध्ययनबाट बुद्ध धर्म मानव जातिको मार्गदर्शक भएको खोज अनुसन्धानबाट पत्ता लागेको र त्यही खोज अनुसन्धाननै उक्त उपन्यास भएको बताए ।
बिमोचित उपन्यासको बारेमा बोल्दै साहित्यकार मुलीबिर राईले डा. श्रेष्ठलाई बधाई तथा स्वास्थ्य लाभको कामना गरे ।
अन्त्यमा सभाध्यक्ष तिगेलाले स्रष्टा डा. श्रेष्ठलाई बधाई दिदै शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।***

 

तपाईको प्रतिक्रिया