Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

बेलमोण्ट (अस्ट्रेलिया) – प्राध्यापक डक्टर कविताराम श्रेष्ठको ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ नामक उपन्यासको अंग्रेजी संस्करण ‘लाइट अफ दी हिमालयज’ को विमोचन भएको छ ।

बुद्धको जीवनीमा आधारित पहिलो बैज्ञानिक अनुसन्धानात्मक उपन्यास ‘लाइट अफ दी हिमालयज’ को लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले विमोचन गर्नु भएको हो ।  बिमोचनको क्रममा पुस्तकको प्रचारप्रसार सहायक सामग्रीहरु सहभागीहरुलाई बितरण गरिएको छ ।

६-९ साइजको ३८४ पृष्ठ लामो अंग्रेजी संस्करणको यो पुस्तक जुन २०१७ मा प्रकाशित गरिएको हो । जसको २०११ मा प्रकाशन गरिएको नेपाली संस्करणको प्रकाशक समूहमा अभियान रहेको थियो । यो पुस्तक अमेजन बुक स्टोरहरुमा उपलब्ध छ भने अनलाइन मार्फत पनि किन्न सकिन्छ । लेखक लुम्बिनी-कपिलवस्तु दिवस अभियानक विश्व कार्यसमितिका सल्लाहकार मण्डलका सदस्य पनि हुन ।

पुस्तक बिमोचनको क्रममा अभियानका विश्व संयोजक श्रेष्ठले यस पुस्तकले साहित्य र कलाकारिता क्षेत्रमा मात्रै नभएर अभियानलाई विश्वब्यापी बनाउने काममा पनि बिशेष योगदान रहेको बताउनुभयो । अभियानले वुद्ध जन्मस्थल बिषयमा रहेको विस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने क्रममा छोटो समयमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी गुगलमा सच्याउने, ब्रिटिश म्युजियममा सच्याउने निर्णय गर्न लगाउने उहाँले बताउनुभयो ।

यस्तै पिबिएस जस्ता विश्व स्तरीय सञ्जाल र फारिद जाकारीया जस्ता विश्व स्तरीय पत्रकारलाई उनीहरुद्वारा गरिएको गल्ती सच्याउन दबाब दिने, कोरिया र स्वीडेनको पाठ्य पुस्तक सच्याएपछि ७ देशको पाठ्यपुस्तक सच्याउन अनुरोधका साथ नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाइएका जस्ता अनपेक्षित रुपमा उल्लेख्य उपलब्धीहरु हासिल गरेको फेहरिस्त पेश गरिएको थियो ।

कार्यक्रममा डिकिन युनिभर्सिटीमा मेकानिकल इन्जिनियरिङ्गमा मास्टर्स गरिरहेका सम्भब भट्टराईले ‘जहाँ छन वुद्धका आँखा’ गीत प्रस्तुत गर्नु भएको थियो ।  

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया