Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
भक्तपुर- लिबियाली सत्ताच्यूत सैनिक शासक मुअम्मर गद्दाफीको मृत्युपछि विश्वमामात्रै होइन नेपालमा पनि एउटा प्रतिक्रिया आयो, ‘तानाशाह सकिए ।’
तर होइन रहेछ, नेपालको एक कम्युनिष्ट दल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे गद्दाफी समर्थक रहेछन् । परम्परागत बहुदलीय व्यवस्थाभन्दा कडा राष्ट्रपति शासन माग गर्ने विजुक्छेको दल गद्दाफीको हत्या विरोधमा सडकमा उत्रिएको छ ।
४२ वर्ष निरंकुश शासन गरेका गद्दाफीको बिहीबार उनकै गृहजिल्लामा विद्रोहीले हत्या गरेका थिए ।
नेपाल मजदूर किसान पार्टीको युवा तथा विद्यार्थी भ्रातृ संगठनको संयुक्त आयोजनामा लिबियाका सत्ताच्युत शासक मुअम्मर गद्दाफीको हत्याको विरोधमा शुक्रबार बिहान प्रदर्शन गरिएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा भक्तपुरको सूर्यमढीबाट निकालिएको विरोध जुलुस दुधपाटीमा पुगी कोणसभामा परिणत भएको थियो।
कोण सभालाई सम्वोधन गर्दै नेक्राविसंघका केन्द्रीय अध्यक्ष रविन्द्र ज्याख्वले साम्राज्यवादीहरुले लिबियाको तेल खानी कब्जा गर्न गद्दाफीको हत्या गरेको जिकिर गरे।
संघले शुक्रबार राजधानीसहित देशभर विरोध कार्यक्रम गरेको छ ।

तपाईको प्रतिक्रिया