Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

लहान –  विगत दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ भने २५ जना सिकिस्त बिरामी परेका छन् ।

पछिल्लो पटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।

झाडापखालाबाट थलिएकी गुद्रीदेवीको अस्पताल लैजाने तयारी भइरहेका बेला राति मृत्यु भएको प्रमुख डा दासले बताउनुभयो । योसँगै उक्त गाउँमा फैलिएको झाडापखालाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

यसअघि गत साता झाडापखालाबाट सीतापुरप्रध–८ निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको थियो । झाडापखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीय मलुकी देवी, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीया कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय, ३५ वर्षीया पवित्री देवी दास, १५ वर्षीय मनोजकुमार दास, ३५ वर्षीय रुवीकुमारी यादव, १४ वर्षीया अमिरती कुमारी दासलगायत २५ जनाभन्दा बढी सिकिस्त बिरामीको चिकित्सकको निगरानीमा स्वास्थ्य चौकी सीतापुरमा उपचार भइरहेको छ ।

सिकिस्त भएका बिरामीलाई स्वास्थ्य चौकीमै राखेर उपचार गरिएको र उहाँहरुको अवस्था सामान्य बन्दै गएको चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया