Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – बजारमा नक्कली नोट भेटिन थालेको भन्दै सचेत हुन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पाँच सय र हजार रुपैयाँको नक्कली नोट भेटिएको भन्दै राष्ट्र बैंकले सचेत हुन आग्रह गरेको हो ।

बैंकले सार्वजनिक सूचना निकालेर नक्कली नोटको कारोबार गम्भीर अपराध र ठगी भएको भन्दै सुरक्षित र भरपर्दो वातावरणमा मात्र नगद कारोबार गर्न पनि अपिल गरेको छ । यस्तै नक्कली नोटसम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जिल्ला प्रशासन लगायत सुरक्षा निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

सक्कली नोटको कागजको गुणस्तर स्तरीय, खस्रो र हल्लाउँदा कडकड आवाज आउने हुन्छ । यसैगरी नोटको अगाडिको भागको दायाँतर्फ खाली ठाउँमा लालीगुराँस फूलको स्पष्ट छाप हुन्छ । नोटको बिच भागमा सुरक्षण धागो रहन्छ, त्यसमा सानो अक्षरमा एनआरबीले खिएको हुन्छ, सुरक्षण धागो कागजमै बुनिएको हुन्छ, माथिबाट टाँसिएको हुँदैन । नोटमा लेखिएका अक्षरलाई सुरक्षण धागोले छोपेको वा ढाकेको हुँदैन ।

नोटको अगाडिको बिचतिर एनआरबी अक्षरको आधा र पृष्ठभागमा त्यही एनआरबी अक्षरको आधाले खिएको हुन्छ । उज्यालोमा हेर्दा दुवैतर्फको अक्षर जोडिएर पूरै एनआरबी अक्षर बनेको देखिन्छ । तर बजारमा आएका नक्कली नोट यी मापदण्ड भन्दा फरक भएकाले ख्याल गर्न पनि सूचनामा भनिएको छ

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया