Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयमा रहँदा थुप्रै काम सुरु गरेको भन्दै पुनः सोही मन्त्रालयमा आउन चाहेको बताउनु भएको छ । आफ्नो साढे नौ महिने कार्यकालमा गरेका कामहरुका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त इच्छा ब्यक्त गर्नु भएको हो ।

उहाँले अहिले गरेको कामको कार्यान्वयन र अरु बाँकी थुप्रै काम अगाडि बढाउन पनि स्वास्थ्य मन्त्रालय आउन चाहेको खुलासा गर्नुभयो । थापा २०७३ भदौ ११ गते स्वास्थ्य मन्त्री हुनु भएको थियो । उहाँले स्वास्थ्य मन्त्रालयद्वारा हाल चालिएका कदमहरुले निरन्तरता पाए सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचारमा पहुँच पाउनेसमेत दावी गर्नुभयो ।

आफ्नो कार्यकालमा स्वास्थ्य सेवालाई राष्ट्रिय मुद्दाको स्थापित गरेको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालमा संघीय संरचनामा स्वास्थ्य सेवा र संरचनाको खाका निर्माण, संविधानले मार्गनिर्देश गरे अनुसार नीतिहरु, कानूनी र संरचनागत प्रबन्ध, मानव संशाधन, उपकरण र भौतिक पुर्वाधारलगायतका क्षेत्रमा एकिकृत विकास पहल गरिएको जानकारी दिनुभयो ।

यस्तै निस्शुल्क स्वास्थ्य सेवा विस्तार गरिएको जनाउदै स्वास्थ्य सेवाको गुणस्तरीयता अभिबृद्धि र प्रभावकारी नियमन समेत गरिएको बताउनुभयो । नसर्ने रोग नियन्त्रणका लागि कार्यक्रम विस्तार अन्तर्गत यो आर्थिक वर्षमा एक हजार ठाउँमा ‘पेन प्याकेज’ पुग्ने उहाँको दावी थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया