Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ –  वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उहाँको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिनुभयो ।

सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य समेत रहनुभएका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयाममा छ दशकभन्दा बढी समयसम्म योगदान दिनुभएको थियो ।

शर्माको गत वैशाख २४ गते ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो । उहाँका पाँच दर्जनबढी पुस्तक प्रकाशित छन् ।

सङ्घका पूर्व अध्यक्ष एवम् चिन्तक निनु चापागाईंले शर्मा होचो कदको अग्लो मान्छे भएको चर्चा गर्दै विरोधीसँग पनि मिलेर काम गर्न सक्ने क्षमतावान् हुनुहुन्थ्यो भन्नुभयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले शर्मा जनपक्षीय विचारका प्रणेता भएको जनाउँदै प्रगतिशील साहित्यिक क्षेत्रको धरोहरको निधनबाट अपुरणीय क्षति भएको बताउनुभयो । शर्माका छोरी सम्झना शर्माले उहाँका बाँकी पाण्डुलिपिको प्रकाशनमा सबैको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डङ्गोल, साहित्यकारहरू शान्तादास मानन्धर, हरिहर खनाल, राम विनय, वासुदेव अधिकारी, मित्रलाल पङ्ज्ञेनी, डा विन्दु शर्मालगायतले श्यामप्रसादको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया