Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ । लिभरको समस्याका कारण मुम्बईमा उपचारत गीतकार गजमेरको बिहीबार बिहान ३ बजेर ४० मिनेट जाँदा निधन भएको हो ।

भारतको दार्जिलिङमा विसं २००२ असोज १७ गते जन्मनु भएकी उहाँले बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुसहितका नेताली चलचित्रमा गीत लेख्नुभएको छ ।

उहाँले लेखेका मोहनी लाग्ला है, कसरी भनुँ म मनको कुरा यो, के सोचें मैले के भयो अहिले, झझल्को लिएर आएछ सावन, पिरती आफै हुँदो रैछ, यो मुटुलाई कसरी सम्झाई बुझाउँ, रेली खोला बगर, विरताको चिनो वीरताको सन्तान, नयाँ नयाँ सजाउँ है सनसार, दुई पाते सुइरोसहितका गीत चर्चित छन् ।

उहाँका श्रीमान रञ्जित गजमेर संगीतकार हुनुहुन्छ । उहाँका दुई छोरी भारती र प्रिती र एक छोरा सत्यजित छन् ।

तपाईको प्रतिक्रिया