अभिनेता शाहरुख खान फिल्म शूटिंगका क्रममा घाइते हुनुभएको छ । आनन्द एल रायको फिल्मको शुटिङको बीचमा फिल्म सुटिङको शेटमा भएको दुर्घटनामा परि शाहरुख खान घाइते हुनुभएको हो । उहाँसँगै अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा शाहरुख खानको ज्यान बल्लतल्ल बचेको आजतकले जनाएको छ । जुन बेला शाहरुख खान सुटिङका लागि सेटमा उपस्थित हुनुहुन्थ्यो । त्यतिखेर सेटको छत खस्यो र ठूलो हिस्सा भुइमा झर्यो ।
उक्त दुर्घटनामा घाइते भएका २ जना घाइते भएका थिए । घाइतेलाई तुरुन्त अस्पताल लगिएको थियो । शाहरुखको धेरै चोट आएको छैन । मुम्बइको फिल्मसिटीमा यस फिल्मको सेट बनाइएको थियो । हादसाका कारण फिल्मको शूटिङ स्थगित भएको थियो ।
आनन्द एल रायको यस फिल्ममा शाहरुख खान पुड्को मानिसको चरित्रमा हुनुहुन्छ । यस फिल्ममा कटरीना कैफ तथा अनुष्का शर्माको पनि अभियन देख्न पाइने छ ।








