Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो– जापानमै रहेका युवाहरुले बनाएको बैदेशिक रोजगारीमा आधारित छोटो चलचित्र ‘चेक पोष्ट’ सार्वजनिक भएको छ । जापानकै विभिन्न स्थानहरुमा छायाँकन गरिएको उक्त चलचित्रमा स्वास्थ्यमा समस्या छ भन्ने जान्दा–जाँदै पनि पैसा खुवाएर जापान पुगेको नेपाली युवाको कथा देखाइएको छ । सञ्चारकर्मी मुक्ति सुबेदी को मुख्य अभिनय रहेको चेकपोष्टलाई ओम प्रकाश गुरुङले निर्देशन तथा छायाँकन गरेका हुन्।

चलचित्रमा पैसाको लागि स्वास्थ्यमा खेलवाड नगरौं भन्ने सन्देश दिन खोजेको कलाकार मुक्ति सुवेदीले जानकारी दिए । चलचित्रमा बिक्रम अर्याल, सुरेश रेग्मि, ईश्वरी कँडेल, कासी गुरुङ, चेतन अर्याल, लाल शोभा गुरुङ सहित जापानी नागरिक ओता केन्जिको पनि अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो:


तपाईको प्रतिक्रिया