Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। यसमध्ये चालु खर्चतर्फ ८ खर्ब, ३ अर्ब, ५३ करोड १४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब, २७ करोड ५९ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ।

स्थानिय तहका लागि पहिलो पटक एकमुष्ठ रुपमा २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ। यो कुल बजेटको १७।६ प्रतिशत रकम हो। स्थानिय तहअन्तर्गत गाउँपालिकाको लागि १० देखि ३९ करोड रुपैयाँ, नगरपालिकाको लागि १५ देखि ४३ करोड रुपैयाँ र महानगरपालिकाको लागि ५६ करोडदेखि एक अर्ब २४ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताउनुभएको छ।

साथै, ७८ करोडसम्मको सशर्त अनुदान पनि पाउनेछन्। यो रकम स्थानिय तहको क्षेत्रफल, जनसंख्या, विकासको अवस्था र लागत समायोजन लगायतका सूचकलाई आधार बनाएर बिनियोजन गरिएको हो। अधिकार सम्पन्न स्थानिय तहले आफै कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोत परिचालन गर्न पाउनेछन्। स्थानिय तहमा विनियोजन गरिएको बजेटमध्ये ६० प्रतिशतभन्दा बढी रकम पूँजीगत खर्च हुनेछ। यो रकम केन्द्रिय अकाउन्टमा भने चालु खर्चका रुपमा रहनेछ।

गत आर्थिक वर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालु खर्चतर्फ कुल बजेटको ५८।०९ प्रतिशत ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यस्तै, पूँजीगत खर्चतर्फ ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख अर्थात २९।७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ११।४ प्रतिशत १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया