Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

संसारकी सबैभन्दा सुन्दर महिलामध्येको एक ऐश्वर्या राय बच्चन ७० औं कान्स फिल्म समारोहमा जब रेड कार्पेटमा देखिइन् तब हरेकको नजर उनीमाथि अडियो । कान्समा ऐश्वर्याको यो १५ औं वर्ष हो । यतिका वर्षसम्म रेड कार्पेटमा ऐश्वर्याको ड्रेसिङ स्टाइलको यात्रा निकै उतार चढावपूर्ण रह्यो ।

सोसल मिडियामा ऐश्वर्या रायको ड्रेस र उनको सुन्दरताको चर्चा भइरहेको छ । उनले कसैलाई ‘सिन्ड्रेला’ भनेका छन् भने कतिले ‘बार्बी डल’ को उपमा दिएका छन् ।

ट्वीटरमा श्रीवत्स @vatsanarayan ले लेखेका छन् कि ऐश्वर्याजस्तो कोही पनि हुनै सक्दैन ।

 

@zindagichist को ट्वीटर अकाउन्टमा लेखिएको छ, ‘कान्समा अहिलेसम्मको ऐश्वर्याको सबैभन्दा राम्रो ड्रेस । भारतीय सिन्ड्रेला ।’

 

यता फिल्मफेयरको ट्वीटर ह्याण्डलबाट पनि ऐश्वर्याको तस्बिर पोष्ट गर्दै उनको सुन्दरताको बयान गरियो ।

ट्वीटरका साथै इन्स्टाग्राममा पनि ऐश्वर्याको पहिरनको चर्चा भइरहेको छ ।

इन्स्टाग्राममा सेलिब्रिटी स्टाइलिष्टदेखि डिजाइनरसम्म ऐश्वर्याको पहिरनको चर्चा गरिरहेका छन् ।

थुप्रै फेसन म्यागजिन जस्तै ऐली इन्डियाले इन्स्टाग्राममा ऐश्वर्या रायको तारिफ गर्दै लेखेको छ, ‘के ऐश्वर्या रायको उमेर १० वर्ष घटेको हो ?’

 

 

ऐश्वर्याको कान्ससँग एक विशेष सम्बन्ध रहेको छ । कहिले उनको ड्रेसको विषयमा उनको अत्यधिक आलोचना हुने गरेको छ भने कहिले उनले आफ्ना प्रशंसकलाई लट्ठै बनाएकी छिन् ।

सन् २००३ मा ऐश्वर्या राय बच्चनले पहिलो पटक कान्स फिल्म फेस्टिबलको जूरीमा समावेश भएकी थिइन् ।

पछिल्लो वर्ष रेड कार्पेटमा पर्पल लिपिस्टिकसँग देखिएकी ऐश्वर्याले सोसल मिडियामा थुप्रै नकारात्मक टिप्पणीको सामना गर्नुपर्यो ।

तपाईको प्रतिक्रिया