Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण गर्न थप ४ अर्ब रुपैया अख्तियारी दिएको छ ।
प्राधिकरणले आज संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग भए अनुसारको अनुदान अभाव हुन नदिन उक्त रकम अख्तियारी दिएको हो ।

भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी धमाधम अनुदान बितरण भइरहेकाले रकम अभाव हुन नदिन अग्रीम रुपमै जिल्लामा पठाउने गरि उक्त रकम स्थानिय विकास मन्त्रालयलाई अख्तियारी दिइएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।  निजी आवास पुनर्निनिर्माणका लागी अनुदान दिन प्राधिकरणले यसअघि ४१ अर्ब ७७ करोड ११ लाख ८ हजार रुपैया बितरणको अख्तियारी दिएको थियो । यो समेत गरी कुल अख्तियारी ४५ अर्ब रुपैयाँ नाघेको छ । जसमा २४ अर्ब ७० करोड ६९ लाख नेपाल सरकारको, पुनर्निर्माण संयुक्त कोषको १ अर्ब ४७ करोड ९ लाख भारतको ५ अर्ब २ करोड, आईडीएको ६ अर्ब १४ करोड १३ लाख, जाइकाको २ अर्ब ९३ करोड र अन्तराष्ट्रिय मुद्रा कोषको ५ अर्ब रुपैयाँ छ ।

प्रक्रिया र मापदण्ड पुरा गरेका लाभग्राहीले चाहेकै समयमा अनुदान लिएर घर बनाउन सक्ने भन्दै त्यसका लागी रकम अभाव हुन नदिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताउनुभयो । आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरिसकेका लाभग्राहीले भूकम्प प्रभावित ३१ जिल्लामा धमाधम अनुदान लिइरहेका छन् । अहिलेसम्म भूकम्प अति प्रभावित १४ जिल्ला मध्ये ११ जिल्लामा ९८ प्रतिशतले पहिलो किस्ता बुझेका छन भने, कम प्रभावित १७ जिल्लामा पनि पहिलो किस्ता बितरण तीव्र रुपमा भइरहेको छ ।

१४ जिल्लामा पहिलो किस्ता लिइसकेका करिब ५२ हजार लाभग्राहीले घर पुनर्निर्माणको काम शुरु गरिसकेका छन् भने ३६ हजार ६ सय ३६ जनाले दोस्रो किस्ता भुक्तानीका लागी निवेदन दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया