Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ । विद्युत्भार कटौतीलाई अन्त्य गर्न महत्वपूर्ण मानिएको सो आयोजनाको मर्मत सुरु भएको दश दिन भइसक्दा पनि नसकिएकाले कार्यकारी निर्देशक घिसिङले अबको दश दिनमा मर्मत गरी पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

प्राधिकरणका अनुसार विगतका वर्षमा जुन समयमा सबैभन्दा बढी विद्युत् आवश्यक पर्दथ्यो, सोही समयमा नै आयोजना मर्मतको नाममा बन्द गरिने गर्दथ्यो । हाल सो आयोजनाको एउटा मात्रै युनिट बन्द गरेर मर्मत गरिएको छ । दुई वटा युनिटबाट नियमित रुपमा ९६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मतरसम्हार छिटो गराउने उद्देश्यले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्थलगत अवलोकनका लागि आयोजनास्थल पुग्नुभएको प्राधिकरणले जनाएको छ ।

निर्देशनअनुसार काम भए नभएको अवलोकन गर्न उहाँ आयोजनास्थल पुग्नुभएको हो । कालीगण्डकी आयोजनामा ४८ मेगावाटका तीन वटा टर्वाइनमध्ये एउटा टर्वाइनको मर्मत भइरहेको छ । गत वर्ष यस्तै प्रकृतिको समस्या समाधान गर्न प्राधिकरणले ४२ दिन लगाएको थियो । साँझको समयमा मात्रै आयोजना सञ्चालन हुने भएकाले सो आयोजनालाई ‘पावर ब्याङ्क’को रुपमा लिने गरिन्छ ।

आयोजनाको उपयोग र उचित व्यवस्थापन गरेर नै मुलुकभर विद्युत्भार कटौती अन्त्य गराउन सफलता प्राप्त भएको हो । प्राधिकरणको प्रवद्र्धनमा कालीगण्डकी आयोजना विगत १४ वर्षखेखि सञ्चालनमा छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया