Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्‍यो ।

तर, न्यूज एंकरको अदम्य साहस र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ र उनको साहसलार्इ सलाम भनेका छन् । साथै यो घटनालार्इ लिएर दुःख पनि व्यक्त गरेका छन् ।छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतका पति हर्षद गावडेको मृत्युमा दुःख जनाएका छन् ।

घटना शनिबारको हो । जब आर्इबीसी २४ च्यानलको लाइभ न्युज बुलेटिनको प्रशारणका क्रममा न्युज एङ्कर सुप्रीत कौर समाचार पढिरहेकी थिइन् । त्यही बेला सडक दुर्घटनाको ब्रेकिङ न्युज आयो । राष्ट्रिय राजमार्ग ३५३ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो, जसमा सुप्रीतका पति पनि परे ।

रिपोर्टरसँग लाइभ कुरा गर्दा नै एङ्कर सुप्रीत कौरलार्इ शंका लागेको थियो कि दुर्घटनामा मृत्यु भएका व्यक्तिमा उनका पति पनि छन् । यस्तो अप्ठेरो अवस्थामा पनि उनले आफूलाई सम्हालिन् र पुरा न्युज बुलेटिन पढिन् ।

एनडीटीभीका अनुसार न्युज बुलेटिन पढिसकिएपछि बल्ल उनी स्टुडियोबाट बाहिर आइन् र रुन थालिन् । स्टुडियोबाट बाहिर निस्कनासाथ उनलार्इ आफन्तको फोन पनि आएको थियो । सुप्रितका सहकर्मीका अनुसार सबै सहकर्मीलाई उनका पतिको मृत्युको खबर थाहा भइसकेको थियो ।

तर उनीहरुमध्ये कसैलाई पनि यो सत्य उनलाई बताउने हिम्मत भएन ।छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतले दुःखद घडीमा पनि साहसका साथ कर्तव्य निभाएको भन्दै सलाम भनेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया