Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं-सेना समायोजन विशेष समितिको बिहीबार बसेको बैठकले सात वटा शिविरको विवरण बुझ्न प्राविधिक समितिलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले सेनाको पुनःगणनाका लागि समितिलाई पठाउने निर्णय गरेको हो ।
अनमिनले गरेको गणनाअनुसार सेनाको सङ्ख्या शिविरमा छ कि छैन, उनीहरु के कस्ता अवस्थामा छन् र के चाहन्छन् भन्नेबारे बुझ्न तथा अनुगमन गर्न समितिलाई पठाउने निर्णय भएको समितिका सदस्य भीम रावलले जानकारी दिनुभयो
सेनाको सङ्ख्या, समायोजन, पुनःस्थापनालगायतका विषयमा सहमति जुटाउन बैठक बसे पनि प्रधानमन्त्री आजै भारत भ्रमणमा जानुहुने भएकाले सोबारे निर्णय हुन सकेन ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सेना समायोजन प्रक्रियासम्बन्धी छलफल प्रधानमन्त्री डा भट्टराई भ्रमणबाट फर्किएपछि गरिने र सहमतिमा पुग्ने विश्वास समितिले गरेको छ ।
बैठकमा प्रधानमन्त्री डा भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया