Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् ।

नेपाल र श्रीलंकाबिच दौत्यसम्बन्धको ६० औं बर्षगाठको अवसरमा हुन लागेको प्रतियोगामा श्रीलंकाका विश्वचर्चित खेलाडी समावेश लंकन लायन र नेपाली राइनोजबिच खेल हुन लागेको हो ।

आगामी बैशाख १४, १६ र १८ गते त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमामा हुने खेलमा श्रीलंकाको राष्ट्रिय टोलीका खेलाडीहरु उपुल थारङगा, रंगना हेराथ, डिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादाराले लंकन लायनबाट खेल्नेछन् । यस्तै श्रीलंकाका पूर्व खेलाडी सनथ जयसुर्या, चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दनालगायतका खेलाडीले पनि गोरखाज राइनोजसँग खेल्नेछन् ।

प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वचर्चित खेलाडीसँग नेपाली मैदानमै खेल्न पाउने भएकाले उनीहरुबाट आफूहरुले धेरै कुरा सिक्ने मौका पाउने र नेपालले पनि ठुला प्रतियोगिता गर्न सक्ने रहेछ भन्ने सन्देश अन्तर्रा्ष्ट्रिय समुदायमा जाने बताउनुभयो । श्रीलंकाको कप्तानी अरविन्द डि सिल्भाले र नेपाली राइनोजको कप्तानी पारस खड्काले गर्नेछन् ।

श्रीलंकाका बर्तमान खेलाडीहरु उपुल थारङगा, रंगना हेराथ, डिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा सिल्भादारा नेपाल आउने भएका छन । यस्तै पूर्व खेलाडीहरु सनथ जयसुर्या, चामिन्दा भास, रोमेस कालुविर्थना, उपुल चन्दना, फरभेज माहरुफ, दिलहारा फर्नान्डो, कौशल्या वैरात्ने लगायत आउन लाग्नु भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया