Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडाैँ – प्रा.डा. चन्द्रा भद्राद्वारा लिखित ‘नेपालमा महिलाको लैङगिक समानता र सशक्तिकरणका लागि तीन दशकको प्राज्ञिक वकालत’ नामक पुस्तकको आज यहाँ एक समारोहबीच विमोचन गरियो ।

महिला अधिकार र लैङगिक समानताबारे नेपालको सुरुवात र अहिलेको अवस्थाबारे समेटेर लेखिएको उक्त पुस्तकको राष्ट्रपतिका अर्थ विज्ञ डा मीना आचार्य र प्राध्यापक लक्ष्मीकेशरी मानन्धरले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

सो अवसरमा डा. आचार्यले नेपालमा महिला मुक्ति आन्दोलनको सुरुवात निकै कष्टपूर्ण भएको बताउदैँ अहिले प्राप्त महिला अधिकार एकैपटक प्राप्त नभई चरणवद्व रुपमा हासिल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘महिलाका बारेमा कुरा गर्दा एकैपक्षबाट बोलेर हुदैँन, महिला हक, लैङगिक समानताकाबारेमा बोल्दा चौतर्फी सोच आवश्यक छ, फेरि कस्तो अवस्थालाई सशक्त भन्ने रु अहिले प्रमुख पदमा भएका सबै महिला साँच्चै सशक्त छन् त रु हामीले आफूसँगै समाजलाई परिवर्तन गर्दै लानुपर्छ, अधिकारको निहुँ खोजेर हिड्दाँ न आफू अघि बढिन्छ न समाज अघि बढ्छ ।’’

प्राध्यापक मानन्धरले पुस्तकमा नेपालमा कसरी लैङगिक समानता र महिला सशक्तिकरणको अध्ययन सुरु भयो, तीसवर्ष पहिला महिलाको अवस्था र अधिकारको सङ्घर्ष समेटेकोले विद्यार्थी र शिक्षकका लागि यो उपयोगी हुने बताउनुभयो ।

लेखक डा भद्राले आफूले प्राध्यापनकालमा महिला सशक्तिकरणका विषयमा लेखेका लेख, ग्रामीण महिला र लैङ्गिक सरोकारका बारेमा अहिलेको पुस्तालाई पनि जानकारी होस् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया