Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

मस्को – तीन दिनसम्म सञ्चालित रुस कै ठूलो र धेरै दर्शकको सहभागिता हुने मस्को अन्तर्राष्ट्रिय ट्राभल र टुर प्रदर्शनी (एमआईटीटी) आज सम्पन्न भएको छ ।
नेपालको तर्फबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा सो प्रदर्शनीमा सहभागिता नेपालका ५ कम्पनीले सहभागिता जनाएको थियो । मेलामा अर्किड नेपाल टुर्स प्रा.लि., हिमालयन होलिडेज, वेल नेपाल ट्राभल, ओझा होलिडेज टुर्स एण्ड ट्रेक्स प्रा.लि. र रोयल माउण्टेन ट्राभल–नेपाल सहभागिता जनाएका थिए । २८ हजार ट्राभल व्यवसायीले प्रदर्शनीको अवलोकन गरेका थिए ।


प्रर्दशनीमा नेपाली स्ट्याण्ड पेगोडा शैलीमा निर्माण गरिएको थियो, जसलाई धेरैले मन पराए । नेपालका गन्तब्य र पर्यटन क्रियाकलापहरुलाई तस्बिरमा स्टलमा राखिएका थिए । रुसी पर्यटकहरु मुख्यतः साहसिक कृयाकलाप गर्न मन पराउने भएकाले यस मेला नेपालका लागि फलदायी भएको नेपाल पर्यटन बोर्डको भनाइ छ ।
यस मेला सके लगत्तै बोर्ड र सोट्टो नेपालको आयोजनामा रुसका ३ शहरहरु–मस्को, सेन्टपिटर्सबर्ग र एकाटेरिनबर्ग र फिनल्याण्डको हेलसिन्कीमा २५ नेपाली व्यवसायी सम्मिलित नेपाल रुस सेल्स मिसनको आयोजना गर्ने भएको छ ।


नेपाली टोलीको नेतृत्व बोर्डको अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले गर्नुभएको थियो भने नेपाल पर्यटन बोर्डबाट बरिष्ठ अधिकृतहरु सुधन सुवेदी र कुन्दन शर्मा मिश्र सहभागी हुनुहुन्थ्यो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया