Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सामान्यतया गर्भाधारण गरी बच्चा जन्माउन महिलालाई ९ महिना लाग्छ । तर एकजना महिला भने केवल ७ दिनको अन्तरमा दुई पटक आमा बनेकी छिन् । तपाइँ सोँच्नुहोला, यो कसरी सम्भव भयो रु तर यो वास्तवमै सत्य हो ।

घटना चीनको हो । चेंग नाम गरेकी एक महिलाले ७ दिनमा दुई छोरी र एक छोरालाई जन्म दिएकी छिन् । ती महिला २० वर्षकी चेंगलाई प्रसव पीडा सुरु भएसँगै उनले गत २१ फेब्रुअरीमा अस्पतालमा नर्मल डेलिभरीबाटै एउटा छोरा जन्माइन् । ३० हप्ताको गर्भपछि समय नै नपुगीकनै उनको बच्चा जन्मिएको थियो ।

छोरा जन्मिएसँगै महिलाको प्रसव पीडा रोकियो । तर उनको गर्भमा अझै दुई बच्चा थिए । डाक्टरहरुलाई गर्भमा अझै बच्चा रहेको थाहा थियो । तर तत्कालै सुत्केरी व्यथा नलाग्ने वा बच्चा नर्मल डेलिभरीबाट जन्मिन अझै केही दिन लाग्ने देखेपछि डाक्टरहरुले ती महिला र जन्मिएको बच्चालाई अस्पतालबाट डिस्चार्ज गरे । घर गएको सात दिनपछि पुनः उनलाई प्रसव पीडा सुरु भयो ।

उनलाई पुनः अस्पतालमा लगियो । अस्पतालमा उनले फेब्रुअरी २८ मा नर्मल डेलिभरीबाटै थप जुम्ल्याहा छोरी जन्माइन् । यसरी उनले कुल ३ बच्चा जन्माइन् एक हप्तामै । महिलाले एक हप्ताको अन्तरमा ३ वटा बच्चा जन्माएको विश्वमै नयाँ घटना भएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया