Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

बैतडी – बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।

हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइनेछ ।

जिल्लामा गएको पाँच वर्षयता हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालबाट सन् २०२० सम्ममा हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकृत जोशीेले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हात्तीपाइले विरुद्धको औषधि लगातार छ वर्षसम्म वर्षमा एकपटक सेवन गर्नुपर्ने हुन्छ । यो वर्ष बैतडीमा झन्डै दुई लाख ४० हजार जनसङ्ख्यालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ ।

हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमका लागि जिल्लाभरि ४५० भन्दा बढी स्वास्थ्यकर्मी, ८३१ भन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका र ६४९ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले हात्तीपाइले उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिँदै कार्यक्रममा सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया