Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – गायक हेमन्त रानाको नयाँ गीत ‘साइँली’ को म्युजिक भिडियोले नयाँ रेकर्ड बनाएको छ । शनिबार युट्युबमार्फत सार्वजनिक भएको साइँलीको म्युजिक भिडियो एक दिनभित्रै ६ लाख भन्दा धेरै पटक हेरिएको छ ।

युट्युबको नेपाल ट्रेन्डिङमा साइँली एक नम्बरमा छ । आज चारदिनमा यो भिडियोलाई १७ लाख १ हजार ३ सय ११ पटक हेरिएको छ । हेमन्त रानाको सुमधुर स्वर र गीतको शब्दले यसअघि नै धेरैको मन जितेको थियो । म्युजिक भिडियो पनि गीतको भावसँग मिल्ने बनेकोले दर्शकले रुचाएका छन् ।

हिमाल साउद र कालीप्रसाद बास्कोटाको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीतमा रहेको गीतको म्युजिक भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन पनि हेमन्त रानाले नै गरेका हुन् ।

तपाईको प्रतिक्रिया