Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – आठ कविहरुको एउटै कविता संग्रह “एकात्म” पाठकहरुमाझ आएको छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा शनिबार पुस्तकको विमोचन तथा विमर्श गरिएको हो ।

कृतिमा सङ्खुवासभा, उदयपुर, दाङ, रोल्पा र दोलखासम्मका कवि उज्ज्वल ढुङ्गाना, कुशल सुमन, विष्णु सन्न्यास, बुद्घि कट्टेल, नवीन अभिलाषी, पार्थक्य हृदय, सिजन श्रेष्ठ र प्रशन्न घिमिरेका कविता सङ्गृहीत छन् । ‘संयम किनारा’ संस्था र ‘नेपाल बुक्स’ले सोे कवितासङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । सो अवसरमा साहित्यकार केशव सिग्देलले धैरै कवि नयाँ भए पनि सङ्ग्रहमा अत्यन्तै मीठा र कलात्मक पक्षले अत्यन्त अब्बल कविता रहेको तथा विचारलाई कसरी कविता बनाउने भन्नेमा कविहरूको दक्षता प्रखर देखिएको बताउनुभयो ।

बुक होलिक्सका सगुना शाहले कवितामा रुवाबासी, गाली अनि अव्यवस्था आइरहेका समयमा नयाँ कविहरूले कतै जीवन, समाज अनि सम्बन्धमा लुकेर बसेका, अनि समयको दौडमा छुटेर गएका मीठा कुरालाई पनि ल्याइदिएको जानकारी दिनुभयो ।

रङ्गकर्मी राजन खतिवडाले नाटकमा पनि कविता प्रयोग हुन सक्ने बताउँदै नाटक गर्नेले अनि लेख्नेले पनि कविता ग्रहण गर्नुपर्ने सुझाव दिनुभएको छ ।

तपाईको प्रतिक्रिया