काठमाडौं – चलचित्र ‘सायद २’ को प्रदर्शन मिति असार ३० गतेका लागि तय गरिएको छ । यसको निर्माण कम्पनी दुर्गिस फिल्मस्ले बारम्बार प्रदर्शन मिति सार्दै आएको थियो ।

अब, भने असार ३० गतेबाट रिलिज हुनेगरि चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । यसअघि चैत्र र जेठमा चलचित्र रिलिजको मिति तोकिएको थियो ।
तर, दर्शकको परिक्षा पर्ने भएकाले असार ३० गतेलाई लक गरिएको निर्माणपक्षले जानकारी दिएको छ । नेपाल रिलिजपूर्व ‘सायद २’लाई ओभरसिजमा रिलिज गर्ने तयारी गरिएको छ । मार्च १९ मा चलचित्र जापानको टोकियोमा रिलिज गरिनेछ ।
यो चलचित्रमा सुशिल श्रेष्ठ, अृमत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की लगायतका कलाकारको अभिनय छ । पुष्पराज न्यौपानेले निर्देशन गरेको यो चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।








