Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पोखरा – पोखरामा शुक्रबार देखि १७ गतेसम्म छैटौं नेपाल साहित्य महोत्सव गरिने भएको छ । विचारक, कलाकार र साहित्यका स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गर्न लागिएको चार दिने उक्त महोत्सवमा भारत र भूटानलगायत नेपालका गरी ८५ जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ । 

वुकोरम फाउन्डेशन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा हुने उक्त महोत्सवमा साहित्य, कला, चलचित्रका साथै राजनीतिसँग जोडिएका विभिन्न सत्र पुस्तकको विमोचन गरिने कार्यक्रम संयोजक अजीत बरालले जानकारी दिनुभयो । यस अतिरिक्त गीत र सङ्गीतका प्रस्तुति पनि हुनेछन् । कार्यक्रममा भारतका प्रसिद्ध लेखक रामचन्द्रगुहा, दुर्जदत्त र उदय प्रकाश तथा भूटानका नाम्गे जाम सहभागी हुनुहुनेछ ।

नेपालबाट साहित्यकार धु्रवचन्द्र गौतम, खगेन्द्र संग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, चैतन्य मिश्र र सुधीर शर्माको सहभागिता रहने छ । त्यस्तै, साहित्यकार वैरागी काइँला, वरिष्ठ पत्रकार हरिहर विरही, नारायण वाग्ले, शिक्षाविद् केदारभक्त माथेमाका साथै हास्य कलाकारहरुद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि सहभागिता जनाउनुहुने भएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको कविता उहाँकी नातिनी प्रभा भट्टराईले वाचन गरी कार्यक्रमको उद्घाटन गरिने बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया