Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।

क्यान महासङ्घले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइयो । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिनुभयो । अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने आयोजकले बताएका छन् ।

कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले पनि मेलामा आकर्षक छुट लिएर आउने आयोजकले बताएका छन् । अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइनेछ तथा अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया