Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं– लोकरक सांगीतिक समूह नेपथ्यले शनिबार अंग्रेजी नयाँ वर्षको स्वागतमा विशेष सांगीतिक कार्यक्रम गर्दैछ । नेपथ्यले यो कार्यक्रममा आफ्नो नयाँ कृति पनि प्रस्तुत गर्नेछ ।

लामो समयदेखि फरक फरक पुस्ताका युवा ढुकढुकीलाई जोड्दै आएको नेपथ्य कन्सर्टले यसपाला नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तको विद्यार्थीकालीन भावनालाई अहिलेका तन्नेरीहरुमाझ घन्काउँदैछ ।

‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन

बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’

सरुभक्तका अनुसार स्नातकोत्तरको अध्ययन गर्न २०३९ सालमा कीर्तिपुर आउँदाताका यो गीत तयार भएको थियो । ‘गीत त मैले पोखरा छाड्नै लाग्दा लेखेको थिएँ,’ उहाँ भन्नुहुन्छ भन्छन्, ‘काठमाडौं आएपछि चाहि यसले संगीत पनि पाएको थियो ।’

शनिबार ‘पल्सर डेयर भेन्चर ग्राण्ड फिनाले’ को अवसरमा आयोजित कन्सर्टमा नेपथ्यले पहिलोपटक टुँडिखेलमा यो गीत गाउँदैछ । कन्सर्ट बेलुका ६ बजेदेखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया