Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपाल टेलिकमले पछिल्लो समयमा विकसित प्रविधि चौथो पुस्ता (फोरजी) मोवाइल सेवा आजदेखि सञ्चालनमा ल्याउँदैछ । टेलिकमले आज आइतबारदेखि ताररहित थ्रीजीको विकसित प्रविधि फोरजी सञ्चालनमा ल्याउन लागेको हो । 

अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी दु्रतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ । फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठुला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ । विश्व बजारमा फोरजी सेवा ७ वर्षअघिदेखि सुरु भएको हो । विकसित मुलुकमा सन् २०१० देखि यो प्रविधि सञ्चालनमा आएको हो । ७ वर्षपछि नेपाल टेलिकमले यसलाई सञ्चालनमा ल्याउँदैछ ।

निजी क्षेत्रको बहुराष्टिय मोवाइल सेवा प्रदायक एनसेलले भने नेपाल दुरसञ्चार प्राधिकरणबाट फोरजी सेवा सञ्चालनको अनुमति पाएको छैन । टेलिकमले पहिलो चरणमा ३ लाखलाई फोरजी सेवा दिने भएको छ । सुरुमा ३२.४ एमबीपीएस डाटा क्षमताको फोरजी सेवा सञ्चालन गर्नेछ । पछि यसलाई विस्तार गरेर ७५ एमबीपीएससम्म पुर्याउने तयारी टेलिकमको छ । टेलिकमले वितरण गरेको पुराना सिममा फोरजी नचल्ने जनाएको छ ।

पछिल्लो समयमा प्रयोगमा आएका युनिभर्सल सीमबाट मात्र फोरजी सेवा सञ्चालन हुनेछ । थ्रीजीको तुलनामा दु्रत गतिमा सञ्चालन हुने भएकाले यसको महशुल दर केही बढी हुने भए पनि अहिले तय नभएको टेलिकमले जनाएको छ । थ्रीजीको तुलनामा फोरजीको शुल्क केही महंगो हुनेछ । हाल टेलिकमले थ्रीजीको महशुल दर प्रतिएमबी १ रुपैयाँ लिदै आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया