Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – सांगीतिक क्षेत्रमा भविश्य नदेखेर विदेशिनु भएका संगीतकार दीपक वसन्त कार्की पुनः सांगीतिक क्षेत्रमा देखा पर्नु भएको छ ।
जापानलाई कर्मथलो बनाउँदै आउनु भएका कार्कीले भर्खरै मात्र ‘चोखो माया धेरै टीकेन’ बोलको गीत बजारमा ल्याउनु भएको छ । केही समयको अन्तराल पछि निक्कै नै उत्कृष्ट लय सृजना गर्दै ‘चोखो माया धेरै टीकेन’ मार्फत उहाँ नेपाली साँगीतिक क्षेत्रमा पुनरागमन हुनु भएको हो । गीतमा कार्कीको उत्कृष्ट लय, भरत खत्रीको मर्म स्पर्शी शब्द सिर्जना रहेको छ भने चर्चित गायक मौसम गुरुङ र गायीका पूर्णकला बिसीको आवाज रहेको छ । कार्कीकै निर्देशनमा एमबि गुरुङ र सिर्जना थापाको जीवन्त अभिनय रहेको यस एल्बम एमबि गुरुङको पहिलो प्रस्तुति पनि हो । ‘चोखो माया धेरै टिकेन’ को म्युजिक भिडियो भने शितल सिजन डिजिटल प्रालिले बजारमा ल्याएको छ ।
म्याग्दी जिल्लाको भकिम्लिमा जन्मिएर नेपाली गीतसंगीतमा ‘ठूलो मान्छे’ भाग एक र भाग दुई, तिम्रो रोजाइ, पिरतीको महल, मन परे पनि, डाँडा पारी गाउँछ, प्रतीक्षामा, मायालुको भलाई, झरी बादलको, पञ्चे बाजा बेनिबजार माथी मल्लाज, पञ्चे बाज दरम खोला जस्ता चर्चित दर्जनौं गीतमा शब्द संगीत गरिसक्नु भएका कार्कीले बिन्दवासिनी म्यूजिक अवार्ड समेत जितिसक्नु भएको छ ।


तपाईको प्रतिक्रिया