Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

पोखरा – रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०१७ को स्वागत र पुरानोको बिदाइका लागि आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ गरिने भएको छ । pokhara-street-festival

महोत्सवको जानकारी गराउन रेवान पोखराद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले प्रत्येक वर्ष एकै समय र अवधिका लागि गर्दै आइएको ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूलनारासहित यसपटक १८ औँ सडक महोत्सव गरिन लागिएको जानकारी दिनुभयो । पोखरा सडक महोत्सव गर्नु अघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक विदेश जाने प्रचलन रहेको बताउँदै उहाँले महोत्सव सञ्चालनसँगै नेपाली नागरिक पोखरामा नयाँ वर्ष मनाउन थाल्नुका साथै यसले विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै गएको बताउनुभयो ।

महोत्सवलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ आवश्यक तयारी सुरु गरिएको बताउँदै उहाँले महोत्सवमा आउने पर्यटकले विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुति अवलोकन गर्न पाउने जानकारी दिनुभयो । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पर्यटकीयस्थल लेकसाइडलाई पूरै समेटेर सहिदचोकदेखि खहरेडिहिको पाटनसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने जानकारी दिनुभयो ।

आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षण गर्दै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गराउन महोत्सव सफल बन्ने विश्वास लिइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया