Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ –  केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५९.७१ अङकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७.०५ प्रतिशत बढी हो ।

गतसाता १४९ कम्पनीको कारोबार भएको थियो । जस अनुसार एक हजार ७१७८ कारोबारबाट रु तीन अर्ब एक करोड २८ लाख ५३ हजार बराबरका ३८ लाख ८८ हजार २०० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२३ अङ्कले घटेर ३८१.१५ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमको आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा तथा कारोबार सङ्ख्याको आधारमा पनि माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

तपाईको प्रतिक्रिया