Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ –  केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५९.७१ अङकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यससाता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७.०५ प्रतिशत बढी हो ।

गतसाता १४९ कम्पनीको कारोबार भएको थियो । जस अनुसार एक हजार ७१७८ कारोबारबाट रु तीन अर्ब एक करोड २८ लाख ५३ हजार बराबरका ३८ लाख ८८ हजार २०० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२३ अङ्कले घटेर ३८१.१५ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमको आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा तथा कारोबार सङ्ख्याको आधारमा पनि माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

तपाईको प्रतिक्रिया