Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

ee

ए दशै तिमी आयौ पोहोर परार र झन परार जसरि नै र बिताउदै छु मैले पनी पोहोर परार र झन परार जसरि नै खाली निधार बोकेर यो साल पनी मेरा बा आमा र अग्रजहरूको को आशीर्वाद थाप्दै अक्षेता लगाइदिने ति हातहरु भन्दा कयौ माइल टाडा..

समुन्द्र पारी को एउटा शहरको उहि ठेगाना मा

खोई, पहिले पहिले जसरी दशै आएन वा पहिले पहिले जसरी दशै मनाऊन सकीएन तर एकदम निकट छन जमरा को त्यो बासना अक्षेता को थाली

अलि-अलि अभिर को रङ लागेको स्वाउ को टुक्रा र टिका लगाउदा खाट मा बिछ्याउने कपुर को बास्ना आऊने घर को त्यों कम्मल अनी ममी ले पकाएको खाना

दिदी ले बनाएको अचार मामा घर पुगे पछी छिटै भरिने मेरो खल्ति आदरणीय दाईंहरू सङ-सगै खेल्न हिंड्ने ति साथीहरु र मेरो साइकल यी सबै सबै कुराहरु को आभाब छन प्रदेशतीर सायद यही हो प्रदेश मनाऊँन त यता पनी मनाउछौ दशै -तिहार यादै -यादहरू मा कहिले हतारमा

कहिले काम मै त कहिले बिदा मिले सम्म साथी भाइ जम्मा भएर यो मन त्यही गाऊँ घर को आगन सम्म पूर्याएर यो मन त्यही गाऊँ घर को आगन सम्म पूर्याएर …..

तपाईको प्रतिक्रिया