काठमाडौं- राष्ट्रयिता विरोधी अभिब्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई हतकडी लगाउन प्रतिपक्षी दलका सभासद्हरुले माग गरेका छन् ।संसद्को मंगलबारको बैठकलाई सम्वोधन गर्दै एमाले सभासद् अग्नि खरेलले भने, ‘भण्डारीको ठाउँमा सर्वसाधारण भएको भए हतकडी लगाइन्थ्यो कि लगाइन्न ? भण्डारी मन्त्री भएकै कारण छुट हुन्छ ? उनलाई राज्य विप्लवको मुद्धा लगनाउनु पर्दैन ?’ उनले मन्त्री भण्डारीको अभिब्यक्ति राष्ट्रिय एकतामा खलल पुग्ने भएको जिकिर गर्दै सभासद खरेलले मन्त्री भण्डारीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरे ।
कांग्रेस सभासद शोभाकर पराजुलीले दिनदिनै संसद चल्न नसक्दा समेत जवाफ नदिने प्रधानमन्त्री गैरजिम्मेवार भएको आरोप लगाउनुभयो । रक्षामन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक मंगलवार पनि कार्यसूचिमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । ***








