Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं, असोज २२ – असनको गल्लीमा बस्ने पसलेको जीवन यात्रा समेटिएको चलचित्र ‘जात्रा’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । पशुपति प्रसाद चलचित्रका हनुमानजी,  रबिन्द्र सिंह बानियाँको जात्राको ट्रेलर सार्वजनिक भएको हो । आफूसँग भएको खुसीमा रमाउन नसकेर सुख खोज्दै हिँड्दा पाएको जात्रालाई चलचित्रको कथावस्तु बनाइएको छ ।

सिंगे लामा र यादव पौडेलको निर्माणमा बनेको जात्रालाई प्रदिप भट्टराईले निर्देशन गरेका छन् । मह सञ्चारमा काम गरेका भट्टराईको यो डेब्यू चलचित्र हो । अभावका बिच हाँसीखुसी बसिरहेका उनीहरुको जीवनमा एक्कासी एउटा घटना घट्छ, जसले उनीहरुको जीवन नै उथल पुथल हुन्छ । यस्तै घटनाले सिर्जना गरेको परिस्थिति र उनीहरुले भोगेको हाँसो खुसी र सुखदुखको अकल्पनीय रोमाञ्चक यात्रा नै जात्रा हो ।

जात्रामा रबिन्द्र सिंह बानियाँसँगै विपिन कार्की, वर्षा राउत, रबिन्द्र झा, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सजन थापामगर, निलकाजी शाक्य, प्रियंका झा, मणिराम पोखरेल, कृष्ण महर्जन, प्रक्क्षा बज्राचार्य, प्रकाश घिमिरे, प्रविण खतीवडा, कमलमणि नेपाल, सुस्मिता कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्र कात्तिक २६ गते प्रदर्शनमा आउने निर्माण टोलिले जनाएको छ ।


तपाईको प्रतिक्रिया