Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधी पञ्चकन्या तेजले जितेको छ । फाइनल खेलमा कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराएर पञ्चकन्याले उपाधी जितेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कीर्तिपुर मैदानमा पहिले टस जितेर ब्याटिङ रोजेको पञ्चकन्याका लागि आशिफ शेखले सतक हाने । उनले ६४ बलमा अविजित १ सय ११ रन बनाएका हुन् । उनले ७ चौका र ८ छक्का हाने । यस्तै आरिफ शेखले २० बलमा २३ रन बनाए ।

कलर्सका अभिनास कर्ण, अमर रौतेला, सञ्जम रेग्मी, योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिए । पञ्चकन्याले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको कलर्सले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनायो । कलर्सका लागि हरिशंकर शाहले ११ बलमा १४, ज्ञानेन्द्र मल्ले ३२ बलमा ४७, राजेश पुलामीले ३५ बलमा ३७ रन बनाए ।

पञ्चकन्याका करण केसीले ३, सुशिल कँडेल र शरद भेषावकरले दुई दुई साथै भुवन कार्की र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । सञ्जय बस्नेतलाई सुशिल कँडेलले रन आउट गराएका हुन् ।

पञ्चकन्याले प्रतियोगितामा सबै खेल जितेको छ । पहिलो चरणका पाँचवटै खेलमा पनि पञ्चकन्या विजयी भएको थियो । जितसँगै पञ्चकन्याले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ ।

तपाईको प्रतिक्रिया