Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

madan-puruskarललितपुर – मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ ।

गुठीले ललितपुरमा आज आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाउनुभएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मदन पुरस्कारबाट सम्मानित स्रष्टा जोशीले आफूले साना तर संवेदनशील विषय उठान गर्दा यो पुरस्कार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो कुरा मैले आजको सामाजिक गतिले अँध्यारोमा नै छाड्न खोजेको विषयको उठान ‘ऐना’मा गरेको छु ।” आफूले पुरस्कार पाउँदा सुदूरपश्चिमले पुरस्कार पाएको अनुभव भएको उहाँले बताउनुभयो ।

जगदम्बाश्री पुरस्कारबाट सम्मानित भारतको आसाम निवासी साहित्यकार क्षेत्रीले आफूले यो पुरस्कार नेपाली भाषा साहित्यमा समर्पित स्रष्टालाई दिएको सम्झेको बताउनुभयो । नेपाली भाषा र साहित्य संस्कृतिले छरपष्ट नेपाली जातिलाई एकताको सूत्रमा बाँधेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समयमा लेखिएका नेपाली साहित्यको सूक्ष्म अध्ययनको पनि खाँचो छ ।”

पुरस्कारका बारेमा बोल्दै स्रष्टा प्रकाश सायमीले कुनै पनि स्रष्टाले पुरस्कार पाउँदा उसले त्यो समयका समकालीन स्रष्टाको प्रतिनिधित्व गर्ने बताउनुभयो । गुठीका अध्यक्ष कमलमणि दीक्षितले जोशीको ‘ऐना’ले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्षेत्रीले पाएकोमा पनि आफू हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज यो ऐतिहासिक स्थानमा सम्मान गर्न पाउनु आफैँमा गर्व गर्ने विषय हो ।”

मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि रु दुई/दुई लाख रहेको छ ।

तपाईको प्रतिक्रिया