अमेरिका – अमेरिकाको राष्ट्रिय फुटबल लिगका एक खेलाडीले राष्ट्रिय गान बजिरहेका बेला उभिन अस्वीकार गरेका छन् । सन फ्रान्सिस्को ४९ अर्सका कोलिन काएपिर्निक राष्ट्रिय गान बजिरहेका बेला नउठेका हुन् ।
उनले रंगभेदको विरोधमा राष्ट्रिय गान बजेका बेला नउठेर विरोध जनाएका हुन् । कोलिन राष्ट्रिय गान बजिरहँदा सिटमै बसेका हुन् । उनले भने ‘म राष्ट्रिय झण्डाप्रति गर्व गर्न उभिइन्, किनकी कालो रंगका मानिसमाथि दमन गर्ने देशको राष्ट्रिय गान तथा झण्डामा कसरी गर्व गर्नु । यहाँ मानिसलाई छालाको रंगको आधारमा व्यवहार गरिन्छ ।’
सन फ्रान्सिस्को ४९ अर्सले कोलिन्सको विरोध गर्न पाउने अधिकारीको सम्मान गर्ने बनाएको छ । ग्रिन बेय पाकर्ससँगको शुक्रबार नयाँ सिजन अघिको खेल सुरु हुनुपूर्व कोलिन्सले प्रदर्शन गरेका हुन् ।
एनएफएलका प्रवक्ताले आफूहरुले राष्ट्रिय गान बजेका बेला उभिन प्रोत्साहित गर्ने तर अनिवार्य नरहेको बताएका छन् । कोलिन्सको व्यवहारमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । केहीले उनको समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् ।