Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल- ‘दुई दिनदेखि हामी घनीभूत छलफलमा छौ, शान्ति प्रक्रिया टुंग्याउने विषयमा निर्णयमा पुग्नै लागेका छौं ।’
कांग्रेस नेता राम्रचन्द्र पौडेल- ‘दुई दिनदेखि म घरमै पर्खेर बसेको छु, खोइ त छलफल गर्न मलाई कसैले खबर गरेको छैन । कहाँ, के छलफल भयो ?’
परस्पर विरोधी यी संवाद प्रमुख दलका शीर्ष नेताले आमने-सामनेमै बोलेका हुन्, त्यो पनि औपचारिक बैठकमा । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकमा संयोजक दाहालले दलहरूबीच घनीभूत छलफल निर्णयमा पुग्न लागेको जानकारी गराउँदै उनीसँगै बसेका कांग्रेस संसदीय दलका नेता पौडेलले तत्कालै यसरी प्रतिवाद गरेका थिए । जवाफमा दाहालले खित्का छाडे- ‘गजब छ, गजब छ, त्यतिचाहिं नभन्नु न ।’
अनि, पौडेलले पनि थप प्रतिवाद गरिरहेनन् । अब कसको चै कुरा पत्याउने ?
नयाँ संविधानका विवादित मुद्दामा सहमति गर्न पछिल्लो पटक थपिएको १० दिनको अन्तिम समयमा शुक्रबार प्रमुख दलका शीर्ष नेताहरूले बैठक गरेका हुन् । अघिल्ला बैठकजस्तै यसमा पनि विषय प्रवेश र आत्मसमीक्षा दुवै भएनन् । बरु उनीहरूले विवाद समाधान उपसमिति र संवैधानिक समितिमा सहमति प्रयास गर्न थप ५ दिन समय माग्ने निर्णय गरे । शान्ति प्रक्रियासँग जोडिएको लडाकु समायोजनको मुख्य काम नटुंगिएका कारण उपसमिति र संवैधानिक समितिमा विषयगत छलफल अघि बढ्न सकेको छैन । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया