Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

rio

काठमाडौं – गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आज सकिएको छ ।
ऐतिहासिक मराकाना रंगशालामा आयोजित भव्य समारोहका बिच रियो ओलम्पिकको औपचारिक समापन भएको हो । यसपटक ओलम्पिक खेलकुद समापनमा लेटिन अमेरिकी सभ्यता र संस्कृती झल्कने विभिन्न प्रस्तुती राखिएका थिए । ब्राजिलमा बढ्दो आर्थीक संकट, प्राणघातक जिका भाईरसको त्रास, विश्वभर नैं बढीरहेको ईस्लामिक विद्रोहको प्रभाव र समग्र सुरक्षा व्यवस्थामा यसले पारेको नकारात्मक असरका बिच रियो ओलम्पिक सम्पन्न भएको छ ।
राष्ट्रपति डिल्मा रुसेफ आन्तरिक राजनीतिक संकटमा फसेको समयमा पनि ब्राजिलले झण्डै ११ हजार खेलाडी, ८ हजार पदाधिकारी, ५ हजारभन्दा बढी खेल पत्रकार र लाखौं खेलप्रेमी दर्शकहरुलाई भित्र्याएर ओलम्पिकको सफल आयोजना गरेको छ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक दक्षिण अमेरिकी महादेशमा आयोजना गरिएको यो पहिलो अवसर हो ।
ओलम्पिक समापन अवसरमा ब्राजिलियन आयोजकहरुले अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको रोहवरमा अर्को ओलम्पिक आयोजक राष्ट्र जापानलाई ओलम्पिक टर्च हस्तान्तरण गरेको छ । सन् २०२० मा हुने ओलम्पिक खेलकुद जापानको राजधानी टोकियोमा हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया