Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौँ – बौद्धस्थित तारागाउँ सङ्ग्रहालयमा १४० कलाकारका कलाकृतिको एकदिने कला प्रदर्शनी आज सम्पन्न भएको छ ।

नेपाली संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले इमागो मुन्डीको आयोजनामा भएको प्रदर्शनीमा गेहेन्द्रमान अमात्य, किरण मानन्धर, राजन काफ्ले, लक्ष्मण भुजेल, जिडी सारु, रोशन मिश्र, देवेन्द्र थुम्केली, कविराज लामा, केशवराज खनाल, सुदर्शन राणा, सुनिता राणा आदिका कलाकृति थिए ।

इमागो मुन्डीले विश्वभरिका कलाकारका कलाकृति सङ्कलन गर्दै प्रदर्शनी तथा पुस्तक प्रकाशन गर्ने कार्यक्रमका कला निरीक्षक जेनिफर भर्जले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्कलित कलाले नेपालको कलाको अवस्थालाई उठाउन सकेको छ । यी कलाको हामीले इटालीमा प्रदर्शनी गर्नेछौँ र नेपाली कलाका बारेमा पुस्तक समेत प्रकाशन गर्नेछौँ ।”

सङ्ग्रहालयका निर्देशक रोशन मिश्रले नेपालमा आएको अवसरलाई आफूहरुले प्रदर्शनी मार्फत सदुपयोग गरेको र अब यो प्रदर्शनी इटाली लैजाँदा झन् फलदायी हुने बताउनुभयो । प्रदर्शनी सिद्धार्थ आर्ट फाउन्डेसन, सङ्गीता थापा, कविराज लामा, निश्चल ओली आदिसँगको सहकार्यमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया