Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – बौद्धस्थित तारागाउँ सङ्ग्रहालयमा १४० कलाकारका कलाकृतिको एकदिने कला प्रदर्शनी आज सम्पन्न भएको छ ।

नेपाली संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले इमागो मुन्डीको आयोजनामा भएको प्रदर्शनीमा गेहेन्द्रमान अमात्य, किरण मानन्धर, राजन काफ्ले, लक्ष्मण भुजेल, जिडी सारु, रोशन मिश्र, देवेन्द्र थुम्केली, कविराज लामा, केशवराज खनाल, सुदर्शन राणा, सुनिता राणा आदिका कलाकृति थिए ।

इमागो मुन्डीले विश्वभरिका कलाकारका कलाकृति सङ्कलन गर्दै प्रदर्शनी तथा पुस्तक प्रकाशन गर्ने कार्यक्रमका कला निरीक्षक जेनिफर भर्जले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्कलित कलाले नेपालको कलाको अवस्थालाई उठाउन सकेको छ । यी कलाको हामीले इटालीमा प्रदर्शनी गर्नेछौँ र नेपाली कलाका बारेमा पुस्तक समेत प्रकाशन गर्नेछौँ ।”

सङ्ग्रहालयका निर्देशक रोशन मिश्रले नेपालमा आएको अवसरलाई आफूहरुले प्रदर्शनी मार्फत सदुपयोग गरेको र अब यो प्रदर्शनी इटाली लैजाँदा झन् फलदायी हुने बताउनुभयो । प्रदर्शनी सिद्धार्थ आर्ट फाउन्डेसन, सङ्गीता थापा, कविराज लामा, निश्चल ओली आदिसँगको सहकार्यमा सम्पन्न भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया