Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको बताउनुभएको छ ।

रौतहट क्षेत्र नं १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमन पश्चात् प्रेस चौतारी नेपालद्वारा गौर नर्सिङ क्याम्पसमा बुधवार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जबसम्म देउवाले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैनन् तबसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले सङ्क्रमणकालमा सबै सहभागी भई संविधानमा देखिएको त्रुटी हटाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपथ्र्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपथ्र्यो तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा माओवादी केन्द्रले हतार–हतार अविश्वासको प्रस्ताव ल्याएर ठुलो गल्ती गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया