पाकिस्तान – पाकिस्तानको क्वेटा सहरमा बम विस्फोट हुँदा ४२ जनाको ज्यान गएको छ । क्वेटाको एउटा सिभिल अस्पतालमा विस्फोट भएको हो । विस्फोटमा अन्य धेरै घाइते भएको बिबिसीले जनाएको छ ।

अस्पतालको इमर्जेन्सी कक्ष नजिकै विस्फोट भएको थियो । पाकिस्तानी सरकारले आत्मघाती विस्फोट भएको आशंका गरेको छ । एक जना वरिष्ठ वकिलको शव अस्पातालमा ल्याउँदै गर्दा विस्फोट भएको थियो ।
विस्फोटमा ज्यान जानेमा धेरैजसो वकिल रहेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शान्ति भंग गर्ने अधिकार कसैलाई नभएको भन्दै घटनाको निन्दा गर्नुभएको छ ।








