Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – प्रशान्त महासागर क्षेत्रको टापुमा पर्ने मुलुक फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियामा पक्राउ परेका १६ नेपाली मध्ये पाँच जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकहरुमा गुल्मीका वसनकुमार थापा, चितवनका वाकसिंह घलान, कमलबहादुर घलान र कमल तामाङ तथा काभ्रेका पृथ्वी तामाङ रहेको मलेसियास्थित नेपाली राजदुतावासले जनाएको छ । राजदुतावासले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को सहयोगमा उनीहरुलाई उद्धार गरेको हो ।
यस अघि सोहि टापुमा पक्राउ परेका मध्ये सात जनालाई उद्धारगरि दुतावासको जिम्मा लगाइएको थियो । उनीहरुलाई मानवतस्करहरुले अमेरिका र अष्ट्रेलिया लैजाने प्रलोभनमा समुन्द्री मार्गहुँदै सो स्थानमा पुर्याएका थिए ।

तपाईको प्रतिक्रिया