Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
भर्जिनिया (अमेरिका)- भर्जिनियाको मनाससस्थित क्षेत्रिय पुस्तकालयमा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको प्रथम स्मृति दिवस मनाइएको छ ।
समिती भर्जिनिया च्याप्टर  शाखाद्वारा मार्च १८ मा मनाससमा गिरिजाबाबु र किशुनजीको सम्झना गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस तथा प्रजातन्त्रप्रति आस्थावान तथा समुदायका ब्यक्त्तित्वहरुको उपस्थिति थियो ।
गिरिजाबाबु र किशुनजीको तस्बिरमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली महामहिम राजदूत  ड़ा शंकरप्रसाद शर्मा तथा अन्य  अथितिहरुले माल्यार्पण गरि विधिवत रुपमा औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा विभिन्न महानुभावले कोइराला र भट्टराईको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा वानाका अध्यक्ष विजय श्रेष्ठ ,एएनए को तर्फबाट महासचिब विजय थापा र अन्य बक्ताहरुमा संचार कर्मीहरुको तर्फबाट डिसी नेपालका रामहरि सुबेदी ,बिश्वबन्धु प्रसाई ,कविता वाचनमा भरत जी ,बाणिज्यदुत प्रेम राजा महत, म्यारील्याण्डका नेपाली जनसम्पर्क समितिका ,भर्जिनाया महिलाहरुकोतर्फ प्रभा शर्मा, नेपाली जनसम्पर्क समितिका म्यारिल्याण्डका सभापति सुवास घिमिरे, पूर्वमन्त्री वीरमणि ढकालले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया