Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
  काठमाडौं –  गैर आवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसि) का भाषा तथा साहित्य प्रबद्र्धन उपकार्यदल संयोजक विश्वास दीप तिगेलाले विस्तार गरेका छन् ।
संयोजक तिगेलाले सदस्यहरुमा क्रमशः नीलम कार्की निहारिका (अमेरिका), डा. लेखनाथ काफ्ले (ताइवान), केदार सुनुवार संकेत (युके), चन्द्र मादेन –हङकङ), प्रतिमा केसी (युके), अमित राई (कुवेत), राजकुमार दिक्पाल (पोर्चुगल), राम लामा (युएसए) र प्रदिप थापामगर (युएसए) र एनआरएन युके राष्ट्रिय समन्वय परिषद मातहतमा गठन भएको भाषा तथा साहित्य विभागको प्रतिनिधित्व गर्दै लक्ष्मी राई लारा रहेकी छन् । त्यस्तैगरि सल्लाहकारहरुमा अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने र महासचिव डा. बद्री केसी चयन हुनुभएको छ ।

संयोजक तिगेलाले नेपाली साहित्यलाई चाइनीज, तिब्बेतियन, अरबिक र अंग्रेजीमा अनुवाद, गैर आवासिय नेपाली बच्चाहरुको लागि नेपालबारे जानकारी दिने र नैतिक शिक्षा दिने कार्टुन निर्माण लगायतमा ध्यान केन्द्रीत गर्ने बताए । तिगेलालाई गत ३० जनवरी २०१६ को ५२ औं आईसिसि बैठकले जिम्मेवारी तोकेको थियो । अघिल्ला दुई कार्यकालको कार्यदलमा पनि तिगेलाले काम गरेका थिए । तिगेलाकै प्रधान सम्पादनमा एनआरएन साहित्य कार्यदलको हिमालयन वार्ड नामक अनुवाद संग्रह पनि प्रकाशित भईसकेको छ । यस अघि नेपाली भाषा, साहित्य, संस्कृति, संगीत संरक्षण तथा सम्बद्र्धन उपकार्यदल थियो । जसको नेतृत्व पूर्व अध्यक्ष जीवा लामिछानेले गरेका थिए ।

यसपटक भाषा तथा साहित्यलाई छुटाएर साहित्यकार तिगेलालाई जिम्मेवारी दिएको हो । तिगेला युकेबाट एनआरएन आईसीसी सदस्य र विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय अध्यक्ष पनि हुन । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया