काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित ११ जना न्यायाधीशहरुमाथि साउन २ गते सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ ।समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीशहरुमाथि सिफारिसको क्रम संख्याका आधारमा साउन २ गते सुनुवाई सुरु गर्ने निर्णय गरेको हो ।
समितिले बिहिबार प्रस्तावित न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिकृष्ण कार्की्विरुद्ध उजुरी गर्ने एक जना उजुरीकर्तासँगको छलफलपछि सुनुवाइको मिति तय गरेको हो ।
न्यायपरिषद्ले गत फागुन १८ गते सर्वोच्च अदालतमा ११ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।
सिफारिसको पहिलो नम्बरमा पुनरावेदन अदालत वाग्लुङका मुख्य न्यायाधीश दिपक कार्की छन् । समितिले आफ्नो कार्य्विधि परिमार्जन सम्बन्धमा आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ ।








